स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍यो

काठमाडाैं | चैत २१, २०८०

स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍यो

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो। 


पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले जनाएको छ। परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्नेछ। 


परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन भनेको छ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्